उपभोक्ता समूहद्वारा विद्यालयलाई दराज सहयोग

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १६:१८

मकवानपुर । मनकामना सामुदायिक बन उपभोक्ता समूहले प्रतिभा प्राथमिक विद्यालयलाई एक थान स्टिल दराज सहयोग गरेको छ । मकवानपुरगढी ४ नम्बर वडा अवस्थित प्राविलाई बन उपभोक्ता समूहले शुक्रबार दराज सहयोग गरेको हो ।

सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष सर्कलाल लोले प्रावि अध्यक्ष धनबहादुर रुम्बा र प्रावि प्रधानाध्यापक साधुराम पुडासैनीलाई एक समारोहबीच दराज हस्तान्तरण गरेका थिए ।

विद्यालयको महत्वपूर्ण कागज सुरक्षीत नरहने देखिए पछि बन उपभोक्ता समितीमार्फत सहयोग उपलब्ध गराएको अध्यक्ष लोले बताए । अध्यक्ष लोका अनुसार, केही समय अगाडि विद्यालयमा ढोका तोडेर चोरी भएको थियो ।

हस्तान्तरण कार्यक्रममा उपभोक्ता समिति सदस्य शान्ति गोले, कार्यालय सचिव होमबहादुर मोक्तान, अभिभावक तथा शिक्षा प्रेमी शुसान्त गोलेलगायतको सहभागिता रहेको थियो ।