ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो
सङखुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट शुक्रबार एक जनाको ज्यान गएको छ ।
ट्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार बिहान को २ त ३२१६ नम्वरको ट्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो ।
दुर्घटना पश्चात ट्याक्टर चालक मकालु गाउँपालिका–१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेका छन् । उनको खोजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
