बोलेरोको ठक्करबाट हेटौंडाका २ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ ३, बुधबार ०८:४६
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नमुना चोकस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो पिक–अप गाडीले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

बोलेरोको ठक्करबाट स्थानीय २ वर्षीय बालक समर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान साढे ७ बजेको समयमा सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा समर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा चिकित्सकले ७ः५० बजेको समयमा मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।