एनएमबी बैंकको एटीएम सेवा आज राति बन्द हुने

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार ०८:१८

काठमाडौं । एनएमबी बैंक लिमिटेडको कार्ड र एटीएम सेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो ।

सो बैंकले ‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने’ जनाएको छ ।