ट्याक्टरबाट खसेर एक बालकको मृत्यु
दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ का बर्ष १४ का बिनोद चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार बिहान साढे ११ बजेतिर तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।
गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
