होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या

तु खबर संवाददाता
२०८० बैशाख २८, बिहीबार १५:३९

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।

बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापा मगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’ का संचालक २८ वर्षीय नीरज पण्डितले छुरा हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, छुरा प्रहारबाट थापा मगर गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आरोपितलाई पण्डितलाई रातिनै पक्राउ गरिसकेको छ । साथै प्रहरीले आरोपित पण्डितकी आमा सरस्वतीसहित छ जनालाई पनि पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।