वनमा लागेको आगो निभाउन जाँदा १२ मजदुर घाइते

तु खबर संवाददाता
२०८० बैशाख २७, बुधबार १६:४५
file photo

दैलेख । दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुला मेला सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना मजदुरहरू घाइते भएका छन् ।

आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउने घाइते भएको उनले जानकारी दिइन् ।

१२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ । हेलिकप्टर पुगेको खण्डमा घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिने उपप्रमुख थापाले बताइन् ।