दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठान झिमरुक गाउँपालिका–४ बागेंफेदीका २४ वर्षीय शेरा सुलभ शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार, बुटवलबाट प्युठानतर्फ आउँदै गरेको लु ५८ प ६१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
