मलेसियामा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ मनाइयो

तु खबर संवाददाता
२०८० बैशाख २२, शुक्रबार १८:४६

मलेसिया । मलेसियास्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ मलेसिया र मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुको आयोजनामा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ मनाइएको छ ।

बुधबार एक कार्यक्रमबीच मलेसियास्थित क्वालालम्पुरको कन्दियाह हलमा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ मनाइएको हो । मलेसियाका लागि नेपाली राजदूत महामहिम डिल्ली पौडेलले कार्यक्रममको कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा बोकेर बुद्धको मुर्ति, नेपाली झण्डा र अन्य धार्मिक कलाकृतिहरु सहितको सुन्दर ढंगले सजिएका ट्रकहरु लिएर मार्च पास समेत गरेका थिए ।

सो क्रममा सन् १९९७ मा सगरमाथाको सफल आरोहण गर्ने दुई मलेसियाली पर्वतारोही एम. मगेन्द्रन र एन मोहनदासलाई सम्मान गरिएको थियो । कार्यक्रममा राजदुत पौडेलले उनीहरुलाई नेपाली परम्परागत खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा श्रीलंकाको उच्चायोग र गणतन्त्र मौरिससको उच्चायोगलगायत कूटनीतिक नियोगका ५०० भन्दा बढी नेपाली प्रवासी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।