हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार १८:२०
file-photo

धनगढी । बझाङमा हिमपहिरोमा पुरिएर एक जना महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका–१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर एक जना महिला बेपत्ता भएकी हुन् ।

बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, हिमपहिरोमा पुरिएर बेपत्ता भएकी बोहरा यार्सागुम्बा टिप्न गएकी थिइन् ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।