वीर अस्पतालको छतको वाल भत्किँदा ४ जना घाइते

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार १५:३५

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बिचमा रहेको रातो भवनको छत भत्किँदा चार जना बिरामी कुरुवा घाइते भएका हुन् ।

घाइते हुनेहरुमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । लगातार परेको वर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार, घाइतेहरुलाई गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।

सो भवन २०३६ सालमा निर्माण भएको थियो ।