प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ढकाल

तु खबर संवाददाता
२०८० बैशाख १६, शनिबार ०९:०९
file_photo

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मनोनयन भएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७३ बमोजिम विभिन्न १० विषयगत समितिमा रहने सांसद्हरुको नाम सभाको स्वीकृतिको लागि पेश गरेका थिए । जसमा ढकालको नाम अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा समावेश गरिएको थियो ।

समितिमा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधव कुमार नेपाल तथा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका पशुपति शमशेर जबरा र नारायण खड्का लगायत विभिन्न पार्टीका २७ जना सांसदहरु मनोनोयन भएका छन् ।

नेपाल परिवार दलका अध्यक्षसमेत रहेका ढकाल शान्तिवादी नेताको रुपमा चिनिन्छन् ।