आगलागी हुँदा ३० हजारको क्षति

तु खबर संवाददाता
२०८० बैशाख १६, शनिबार ०८:५९
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ गर्दइ पुल नजिकै स्थानीय गणेश श्रेष्ठको खरको छानो, बासको बार भएको (खाना पकाउन बनाएको) टहरामा शुक्रबार आगलागी भएको छ ।

शुक्रबार साँझ ७ः२० बजेको समयमा बिजुलीको तार सट् भई टहरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

आगलागीबाट खालि ग्यास सिलिण्डर १ थान, पितलको भाडो १ थान, खाट १ थान गरी ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । आगलागीमा परेर मानवीय क्षति भने भएको छैन ।