दुर्घटनामा परेर टिप्पर चालकको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार १६:३०
file photo

काठमाडौं । काठमाडौंको बबरमहलमा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक दोलखाको ठूलोपाटन गाउँपालिका–१ का ३७ वर्षीय झकास पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बा १ क ३३०० नम्बरको टिप्पर आज बिहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा चालक सडक छेउको ट्रसमा चालक च्यापिएका थिए ।

च्यापिएर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहान साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।