मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, गएराति ना २२ प ६८०० नंको मोटरसाइकलले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
