ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार ०९:११

मोरङ । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले आज बिहान सवा ७ बजेको समयमा ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।