मोदी इनर्जीले बैशाख १९ देखि आईपीओ खुल्ला गर्ने

तु खबर संवाददाता
२०८० बैशाख १०, आईतवार १५:३५
file-photo

काठमाडौं । मोदी इनर्जीले यही बैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५९ लाख ९५ हजार कित्ता शेयर बिक्री खुलाउन लागेको हो । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्रीको योजना कम्पनीले बनाएको थियो ।

यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो । यसमध्ये ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूलाई, २ लाख १७ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ सकिएको छ ।

यसैगरी, ८६ हजार कित्ता शेयर कर्मचारीका लागि छुटाइएको थियो । स्थानीय बासिन्दाका लागि छुट्याएर बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्तासहित कूल ५९ लाख ९५ हजार ६१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको हो । आईपीओमा बैशाख १९ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।