गाडीको ठक्करबाट शिक्षकको गयो ज्यान
चितवन । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको ज्यान गएको हो ।
ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान साढे ९ बजेज्यान गएको हो ।
ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्व अध्यक्ष थिए । उनी सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवम् हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।
