हेटौंडामा सवारी दुर्घटना, चार जना घाइते

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १५:५३

मकवानपुर । पुर्वपश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे नयाँबस्ती चोकस्थित आज दिउँसो सवारी दुर्घटना चार जना घाइते भएका छन् ।

दिउँसो २ः३५ बजेको समयमा बाराबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ५ ख ८५६२ न.को जिप्सन लोड ट्रकले विपरित दिशाबाट जाँदै गरेको टिएस ०९ एफएक्स ३१७७ नम्वरको भारतीय कारलाई ठक्कर दिँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेहरुमा कारमा सवार देश भारत आन्द्र प्रदेश तेनाली बस्ने वर्ष अन्दाजी ७० को साहिबाबु, भारतको हैदाराबाद बस्ने वर्ष अन्दाजी ३८ को राजेश एलीगल्ला, सोही ठाउँ बस्ने वर्ष अन्दाजी ७६ को सुरेन्द्र नारल्ला र कार चालक सोही ठाउँ बस्ने वर्ष अन्दाजी ४८ को कृष्ण नारल्ला रहेका छन् ।

घाइतेमध्ये साहिबाबुको अवस्थामा गम्भीर, राजेश र सुरेन्द्रको अवस्थामा मध्यम रहेको छ भने कार चालक कृष्णको अवस्थामा सामान्य रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले दुबै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका भइरहेको जनाइएको छ ।