धारिलो हतियार प्रहारबाट हेटौंडाका थिङ घाइते

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १०:३५
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पुष्पलाल पार्क नजिकै एक युवकमाथि मंगलबार दिउँसो धारिलो हतियार प्रहार भएको छ ।

हेटौंडा उपमहानगरपालिका–८ फारलाईन बस्ने १७ वर्षीय सन्दिप थिङमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मंगलबार पुष्पलाल पार्क नजिक रहेको स्टेप पार्कको ट्वाईलेटमा पिशाव फेर्ने क्रममा अचानक पछाडिबाट आएर अपरिचत व्यक्तिले थिङमाथि धारिलो हतियार प्रहार गरेको हो ।

धारिलो हतियार प्रहारबाट ढाड र टाउको, पिठियुमा चोट लागेको थिङको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि चितवन रिफर गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

धरिलो हतियार प्रहार गर्ने मानिसको खोजी कार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।