भीरबाट झरेको ढुङ्गाले लागेर सञ्जयको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार, आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा टाउकोमा ढुंगाले लागेर उनको मृत्यु भएको हो ।
घटनास्थलमा कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
