मकवानपुरमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते

तु खबर संवाददाता
२०७९ चैत्र ३०, बिहीबार ०८:३४
File Photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ भलादमीचोकस्थित पुर्व– पश्चिम सडकखण्डमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ५३३७ नम्वरको ट्रकले आफ्नै साईडमा स्थानीय आफ्नै घर अगाडि पार्किङ गर्न घुमाउँदा साही दिशाबाटै जाँदै गरेको प्र.३–०३–००१ प २१५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक मनहरी.–८ सिमपानी बस्ने ४५ वर्षीय तेज नारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, घाइते यादवको शरिरको विभिन्न भागमा चोटपटक लागेको र अवस्थामा मध्यम रहेको छ । उनलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाएको छ ।
प्रहरीले दुबै सवारी र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।