जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २९, बुधबार ०८:२१
file photo

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार, जीप सवार पाँच जना भने सकुशल छन् । उनीहरु जीप खस्ने क्रममा सडकमै हामफालेका थिए । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको थियो ।