तेक्वान्दोको क्षेत्रीय छनौट मकवानपुरको नागस्वतीमा हुने

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १४:०७
तस्बिर–गुगल

मकवानपुर, २५ पुस । हेटौंडा ७ नागस्वतीमा यही पुस २७ र २८ गते मध्यमाञ्चल तेक्वान्दो छनोट प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको संयोजनमा हुने प्रतियोगितामा ५४ केजी माथिका बिभिन्न तौल समुहमा २ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने नागश्वतीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

प्रतियोगिताबाट छनौट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका मध्यमाञ्चल संयोजक मदन श्रेष्ठले बताए । करिब ३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता सञ्चालनको लागि ७ नम्बर वडा कार्यालय सहित ७ नम्बर वडाका बिभिन्न संघ संस्था र ब्यवसायीहरुले सहयोग गर्ने आयोजकले बताएको छ ।

आवासीय सुविधा सहितको प्रतियोगिता ७ नम्बर वडामा पहिलो पटक आयोजना हुन लागेको हो । पुम्सेबाट पनि पुरुष र महिला खेलाडी छनौट हुने प्रतियोगितामा २५ जना रेफ्रिले खेल मुल्याङ्कन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*