बागमती प्रदेश : प्रदेश सूचना पुनरावेदन समितिद्वारा अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेश सरकारको प्रदेश सूचना पुनरावेदन समितिले प्रगति समीक्षा एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
समितिले आफ्नो पहिलो वर्ष पूरा भएको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव ध्रुव गैडा, समितिका सदस्यहरु कृष्ण थापा मगर, सम्झना हुमागाई लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
