जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते
धनगढी । बैतडीमा सोमबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्ट रहेका छन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् । उनीहरुमध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ ।
जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
