बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ बा १६ च ३८२५ नम्वरको बलेरो जीप दुर्घटना हुँदा एक जनाका मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका छन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाछ छन् । उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै उक्त जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
