मकवानपुरमा अटो दुर्घटना, पाँच जना घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ शान्तिपुरस्थित आज दिउँसो अटो दुर्घटना हुँँदा पाँच जना घाइते भएका छन् ।
दिउँसो १२ः५० बजेको समयमा फापरबारीबाट पाथिभारातर्फ बास बोकी जाँदै गरेको ना.२ ह.१०६८ नम्वरको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, पैदलयात्री स्थानीय ६२ वर्षीय गोबिन्द राईले बोकेको बासले सोही दिँशातर्फ जाँदै गरेको उक्त अटोको लुकिङ गलासमा लाग्न गई अटो दुर्घटना भएको हो ।
दुर्घटनामा परेर बास बोक्ने बामगती गाउँपालिका–८, शान्तिपुर बस्ने ६२ वर्षीय गोबिन्द राई, अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय महेन्द्र लामा, अटोमा सवार सिन्धुलीको गुर्जीघन्टे पितलमाडी गाउँपालिका–३, बस्ने ३० वर्षीय राधिका गोले, ६८ वर्षीया जुगु माया गोल, मकवानपुरको बागमती गाउँपालिका–४ करौजे ठुलो गुर्दुङ बस्ने ६५ वर्षीय बुद्धीमान दोङ घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि स्थानीय क्लिनिक झुरझुरे पठाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले अटो नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
