दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार ०८:४५
file photo

रौतहट । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी चौधरी रहेका छन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक धनुषाको औरही–४ का ४५ वर्षीय अरुण कुमार मण्डल गम्भीर घाइते भएका छन् । मण्डललाई थप उपचारमा लागि एम्बुलेन्समा वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।