दुर्घटनामा परेर तामाङको मृत्यु
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७, राम्चेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टिपर चालक धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।
हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
