दुर्घटनामा परेर ८ जना घाइते
काठमाडौं । काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा बिहीबार दिउँसो चार वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
दिउँसो सवा २ बजेतिर एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको छ । दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ । प्रहरीले उक्त दुर्घटनाबारे आवश्यक अनुसन्धान भइएरहेको जनाएको छ ।
