कलाकार संघको अध्यक्षमा मोहन निरौला
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १९ औँ महाधिवेशनमा निरौलाले आफ्नो प्रतिस्पर्धी रेजिना उप्रेतीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निरौलाले उप्रतिलाई २६ मत अन्तरले पराजित गरेका हुन् । कुल खसेको ४६८ मतमध्ये मोहनले २३५ मत प्राप्त गर्दा उप्रेतीले २०९ प्राप्त गरेकी हुन् ।
त्यस्तै, उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी, महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी निर्वाचित भएका छन् ।
यस्तै, कोषाध्यक्ष पदमा सुनिल कटुवाल, सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी सदस्यहरुमा क्रमशः शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।
