मकवानपुरमा सवारी दुर्घटना
मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मोडभञ्ज्याङ् स्थित आज बिहान सवारी दुर्घटना भएको छ ।
बिहान साढे ७ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख २३७८ नम्वरको खालि ट्रकले पर्सा कारागारबाट काठमाडौं जिल्ला अदालत बबरमहल बकपत्रको लागि थनुवा लिई जाँदै गरेको ना १ झ १५२८ नम्वरको पर्सा कारागारको स्कार्पियोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
ठक्करबाट स्कार्पियोको अगाडि भागमा सामान्य क्षति पुगेको र मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
