सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १५:३८

सिन्धुली । सिन्धुलीका फिक्कल गाउँपालिका वडा नम्वर ४ कुइभिरमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

ओखलढुङगा बाट काठमान्डौँ तर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर २ जना महिला, एक बालिका र ३ जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु पहिचान हुन सकेको छैन ।

यस्तै, उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ ।

बस चालकको अवस्था भने सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।