एआईजी बढुवा गर्न निर्वाचन आयोगले दियो अनुमति
काठमाडौं । निर्वाचन आयोगले नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो ।
बिहीबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ । फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो ।
आयोगको सहमतिसँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन ।
