मकवानपुरकी लिम्बुको खोलामा डुबेर मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने मुना लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । ४३ वर्षीया लिम्बुको बुधबार राप्ती खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनको अचानक छारेरोगले समातेपछी खोलामा लडि पानीमा डुबी मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
