नदीमा डुबेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १६:३८
सांकेतिक तस्वीर

वीरगञ्ज । पर्सामा लुठा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पर्सागढ़ी नगरपालिका वडा नम्वर ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिन्दाले बिहीबार बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको जनाइएको छ ।