बुद्धचोकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु
वीरगञ्ज । बाराको बुद्धचोकमा आज दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मिया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार, आज मध्यान्न १२ बजे वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बस ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मिया गम्भिर घाइते भएका उनलाई सीटी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो । गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
