१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि ६ अर्ब ४ करोड ५० रुपैयाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो । यसमध्ये ९१ दिन अवधिको ५ अर्ब र १८२ दिन अवधिको ७त अर्ब नयाँ रहेको छ ।
जारी ट्रेजरी बिल २८ दिनको चैत्र २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ । आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।



