तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

तु खबर संवाददाता
२०७४ पुष २३, आईतवार १२:३२

फराह, अफगानिस्तान, २३ पुस । अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार संयुक्त सुरक्षा फौजको कारबाहीमा परी स्थनीय तीन जना कमाण्डरसहित २० जना इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । शनिबार अपरान्ह् ती लडाकू मारिएका भए पनि अफगान रक्षा मन्त्रालयले सो कारबाहीको जानकारी आइतबार प्रकाशन गरेको विज्ञप्तिमार्फत दिएको छ ।

मारिएकाहरुमध्ये यहाँका स्थानीय स्तरका तीनजना आइएसका कमाण्डर नै रहेका रक्षा मन्त्रालयलाई उद्धृतगर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

पश्चिमी प्रान्त फराहमा लुकेर बसेका लडाकूहरुलाई लक्ष्यगरी शनिबार गरिएको कारबाहीका क्रममा उनीहरु मारिएको सो विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

सो कारबाहीका क्रममा त्यहाँका सशस्त्र हतियारधारीहरुले प्रयोग गरिरहेका केही सवारी साधन र हातहतियार पनि बरामद गरिएको सो समाचारमा जनाइएको छ ।

उता शुक्रबार अबेर राती भएको आक्रमणमा लघमान प्रान्तमा पनि स्थानीय स्तरका एकजना कमाण्डरसहित २० जना मारिएका अफगान सेनाको पुर्वी क्षेत्रका एकजना प्रवक्ता सिरिन अक्वा फाक्विरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन् । उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ । -(रासस/सिन्ह्वा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*