मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँड

तु खबर संवाददाता
२०७९ फाल्गुन १९, शुक्रबार १०:४२
file-photo

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज क्यापिटलको कार्यालयमा शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

आईपीओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जसमध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरेको छ । जस अनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन् । २ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो ।