मकवानपुरमा सडकको नालीमा एक महिलाको शव फेला

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १७:१७

मकवानपुर । मकवानपुरमा सडकको नालीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको थाहा नगरपालिका–९ चित्लाङस्थित भित्री सडकखण्ड छेउको नालीमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव स्थानीय अन्दाजी ४५ वर्षीय बसन्ती बलामीको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको जनाइएको छ ।