हेटौंडाकी ढकाल मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १०:२०
file photo

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ सरस्वती टोल बस्ने अन्दाजी २२ वर्षीया रचना ढकाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, ढकाल आफ्नै घरको स्ट्रोर रुममा पंखामा सलको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेकी हुन् । हाल घटनास्थलमा अस्थायी प्रहरी टोली थानाभर्याङको टोलि खटि गई घट्नास्थल सुरक्षित राखिएको र मुचुल्का लगायत अन्य अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली जाँदै गरेको छ ।