सालनालसहितको शिशु मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १५:३१
file photo

सुर्खेत । सल्यानमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्वर ४ डोढेरामा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।