कतार जाने नेपालीको संख्या घट्यो

काठमाडौं । कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या घटेको छ । विश्वकप अगाडि जुन चापमा कतार जाने नेपालीको संख्या अहिले ५० प्रतिशतले घटेको हो ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिनेको संख्या भने विगतको तुलनामा ७० प्रतिशतले कमी आएको र्यालयको कतार शाखा प्रमुख सुर्य रेग्मीले जानकारी दिए ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनमा ४ हजार ९६९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौंमा ४ हजार ९८४ जनाले, असोजमा ४ हजार ५८६, कात्तिकमा ४ हजार ३१३ जना, मंसिरमा २ हजार ६६५ जनाले, पुसमा २ हजार ५०६ र माघमा २ हजार ८२९ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए ।