बागमतीका ९ लाख ७९ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर खोप
मकवानपुर । बागमती प्रदेशमा ९ लाख ७९ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेश भित्रका ९ लाख ७९ हजार २ सय २ वटा भेडाबाख्रालाई उक्त रोग विरुद्धको खोप लगाएको हो ।
उक्त खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालन गरेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले जानकारीले दिए ।
उनका अनुसार, प्रदेशका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार एक सय २७ वटा बाख्रा गरी ९ लाख ७९ हजार २ सय २ वटा भेडाबाख्रालाई खोप लगाइएको हो ।
उक्त अभियान अन्तरगत ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्र सञ्चालन भएको पोखेरेलले बताए । पोखरेलका अनुसार, अभियानबाहेक अन्य समयमा समेत मन्त्रालयले भेडा बाख्रालाई खोप लगाउँदै आइरहेको छ ।
