पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु

तु खबर संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १७:४६

काठमाडौं । तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी रहेका छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए । अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन् ।