जसपाको कार्यकारिणी समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १५:२७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक आज साँझ ६ बजेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने गरी आह्वान गरेको हो ।

बैठकमा बालुवाटारमा चार दल (कांग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले जानकारी दिए । बैठकमा शक्ति बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ ।