मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार ०८:४५
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । घाइते उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो ।

मकवानपुरमा यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो ।

यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईबा घाइते भएका थिए ।