हात्तीको आक्रमणबाट हेटौंडाका वाईबा घाइते

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १८:२६
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८, मानेडाँडामा बुधबार राति जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार राति १० बजेर २५ मिनेटको समयमा घर नजिक वनबाट निस्केको जंगली हात्ती धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको हो ।

घाइते वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । उनको शरीरमा बाहिरी चोट नदेखिए पनि दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।